९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रधानमन्त्रीद्वारा सत्ता जोगाउन समर्थक दलका नेतासँग सामूहिक छलफल

अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो समर्थनमा रहेका नेताहरूसँग छलफल गरेका छन् । काँग्रेस-एमाले मिलेर सरकार बनाउने गृहकार्य अघि बढेसँगै अल्पमतमा परेका ‘प्रचण्ड’ले केही नेतालाई सिंहदरवार बोलाएर छलफल गरेका हुन् ।

आफूले सदनमा विश्वासको मत लिन लागेको जानकारी गराउँदै उनले सदनमा आफूमाथि अविश्वास आए त्यही अनुसार दृढतापूर्वक सामना गर्ने बताएको नेताहरूले बताएका छन् । उक्त छलफलमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, सम्मानित नेता झलनाथ खनाल, रास्वपा सभापति रवि लामिछाने, जनमतका अध्यक्ष सीके राउत र नागरिक उन्मुक्तिकी रन्जिता श्रेष्ठ सहभागी थिए ।

छलफलपछि नेकपा एसका अध्यक्ष माधव नेपालले अब कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफलमा भएको बताए ।

यस्तै काँग्रेस र एमालेको गठबन्धनले मुलुकलाई पश्चमनतिर लाने खतरा देखिएको अर्का नेता खनालले बताए ।

प्रचण्डसँग भेटेपछि बाहिरिने क्रममा उनले भने, ‘प्रधानमन्त्रीले विश्वासको मतको सामना गर्छु भन्नुभएको छ । हामीले हाम्रो साथ छ भनेका छौँ ।’

काँग्रेससँगको सहमतिपछि एमालेले सरकार छाडेसँग प्रचण्ड सरकार अल्पमतमा परेको छ । संसद्का दुई ठूला दलले राजीनामा गर्न दिएको सुझाव अस्वीकार गर्दै प्रधानमन्त्रीले संसदमै फेस गर्ने भन्दै असार २८ मा विश्वासको मत लिने व्यवस्थाका लागि संसद सचिवालयमा समेत पत्र पठाइसकेका छन् ।

२७५ सदस्य रहेको प्रतिनिधिसभामा काँग्रेस एमाले मिल्दा १६७ सीट पुग्छ । बैठकमा सहभागी सबै दल मिल्दा पनि प्रचण्डले विश्वासको मत पाउने आधार छैन ।

प्रतिक्रिया दिनुहोस