काठमाडौँ । लेनदेन मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा काठमाडौँको तारकेश्वर नगरपालिका-७ का ४४ वर्षीय राजाराम खत्री छन् । उनलाई प्रहरी वृत्त बालाजुको टोलीले बिहीबार पक्राउ गरेको हो ।
लेनदेन मुद्दामा ६ असोज २०७९ मा ५० लाख बिगो भराउने र १ वर्ष कैदको फैसला काठमाडौँ जिल्ला अदालतले उनलाई सुनाएको थियो ।