१६ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पोर्चुगललाई हराउँदै फ्रान्स युरोको सेमिफाइनलमा

अ+ अ-

काठमाडौँ । फ्रान्स युरोकप–२०२४ को सेमिफाइनलमा प्रवेश गरेको छ । पोर्चुगललाई पेनाल्टी सुटआउटमा हराउँदै फ्रान्स छैटौं पटक सेमिफाइनलमा प्रवेश गरेको छ ।

फ्रान्स पेनाल्टी सुटआउटमा ५–३ गोलले विजयी बन्यो । जोआओ फेलिक्सको प्रहार पोस्टमा लागेपछि थियो । हर्नान्डेजले निर्णायक पेनाल्टीमा गोल गर्दै टोलीलाई जित दिलाए ।

योसँगै पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोको दोस्रो पटक युरोकप उपाधि जित्ने सपना चकनाचुर बनेको छ । उनले यसअघि नै यो आफ्नो अन्तिम युरो हुने बताइसकेका छन् । रोनाल्डोले सन् २००४ देखि नियमित रूपमा युरोकपमा सहभागिता जनाउँदै आएका छन् । उनी युरोकपमा सबैभन्दा बढी खेल खेल्ने खेलाडी हुन् ।

दुई देशबिचको खेललाई ३९ वर्षीय रोनाल्डो र फ्रान्सका किलियान एम्बाप्पेबिचको भिडन्तको रूपमा पनि व्याख्या गरिएको थियो । तर, दुवै खेलाडीले खेलमा खासै योगदान दिन सकेनन् । निर्धारित समय र अतिरिक्त समयमा दुवै टोलीले गोल गर्न सकेनन् । एम्बाप्पेलाई अतिरिक्त समयमा सब्सटिट्युट गरिएको थियो भने रोनाल्डोले पेनाल्टीलाई भने गोलमा परिणत गरे ।

अब फ्रान्सले सेमिफाइनलमा स्पेनको सामना गर्नेछ । स्पेनले अतिरिक्त समयमा आयोजक जर्मनीलाई पाखा लगाउँदै अन्तिम चारमा पुगेको हो । मंगलबार हुने सेमिफाइनल खेल म्युनिखमा खेलिनेछ ।

प्रतिक्रिया दिनुहोस