८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बीआरआईविरुद्द पोखरा एयरपोर्ट अगाडि प्रदर्शन

अ+ अ-

काठमाडौँ। पोखरा विमानस्थललाई चीनले बेल्ट एन्ड रोड इनिसियटिभ (बीआरआई) अन्तर्गत व्याख्या गरेपछि त्यसको विरोधमा विमानस्थलअघि प्रदर्शन गरिएको छ ।

सोमबार राष्ट्रिय एकता अभियानले विमानस्थल गेटमा प्रदर्शन गरेको हो । पोखरा विमानस्थललाई बीआरआई परियोजनासँग जोड्दा सञ्चालनमै समस्या भएको अभियानले जनाएको छ ।

विमानस्थलमा देखिएको समस्या समाधान नभएसम्म सञ्चालन हुन नसक्ने उनीहरूको भनाई छ । अभियानका संयोजक विनय यादवले ऋण र ब्याजदरको अध्ययन गरी समाधान निकाल्नुपर्ने बताए ।

सबै ऋणलाई अनुदानमा परिणत गर्न उनीहरूको माग छ । अभियानले ९ बुँदे माग राख्दै संसदीय उपसमितिका संयोजक राजेन्द्र लिङ्देनलाई पत्र बुझाएको छ । उनीहरूले रनवेको लम्बाई ३,२०० मिटर पुर्‍याउनुपर्ने माग समेत राखेका छन् ।

विमानस्थलका कारण उत्पन्न हुने ध्वनि प्रदूषण, हावाको गुणस्तर र स्थानीय वन्यजन्तुमा पर्ने प्रभावको अध्ययन गरी तदनुरूप उपायहरू अपनाउनुपर्ने, स्थानीय समुदाय, व्यवसाय र अन्य सम्बन्धित पक्षहरूलाई निर्णय प्रक्रियामा सहभागी गराई पारदर्शिता र तिनका सरोकारहरूलाई सम्बोधन गर्नुपर्ने, अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठनका मापदण्डहरूको पालना गर्नुपर्ने लगायत माग उनीहरूले राखेका छन् । विमानस्थल निर्माणका क्रममा भ्रष्टाचार भएको आरोप लगाउँदै अनुसन्धान र कारबाही हुनुपर्ने समेत अभियानको माग छ ।

प्रतिक्रिया दिनुहोस