७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

देशलाई दुई पार्टी पद्धतिमा लान खोजेको त होइन ? भन्दै संसदमा उठ्यो प्रश्न

अ+ अ-

काठमाडौँ । नेकपा माओवादी केन्द्रका नेता पूर्णबहादुर घर्तीले नेपाली काँग्रेस र नेकपा एमालेबीचको सहकार्यले मुलुकलाई दुई पार्टी पद्धतिमा लैजान खोजेको त होइन भन्ने प्रश्न गरेका छन् ।

सोमबार प्रतिनिधि सभाको विशेष समयमा बोल्दै उनले दुई पार्टी पद्धतिमा लैजान खोजेको भए त्यो पश्चगामी हुने बताए ।

‘यो बयलगाडामा बोकेर ल्याएको संविधान त होइन, हजारौँ जनताको त्याग बलिदानबाट प्राप्त संविधान हो । यसले मल्टीपाटी सिस्टम (बहुदलीय व्यवस्था) लाई प्रत्याभूत गरेको छ । हाम्रो समाजमा विविध जाति वर्ग समुदाय छन्, तिनको प्रतिनिधि थलो भनेको मल्टीपार्टी सिस्टम हो’, उनले भने, ‘समाजमा दुई पार्टी सिस्टमको बहस चल्ने गरेको छ । त्यतातिर लान खोजियो भने पश्चगामी हुन्छ ।’

नेपालको संविधानको मुख्य मर्म धर्मनिरपेक्षता र समानुपातिक प्रतिनिधित्व हो भन्दै उनले संविधान संशोधनको नाममा त्यसलाई अटाउन खोजिए पश्चगमन हुने बताए ।
काँग्रेस र एमालेबीच भएको सहमति सार्वजनिक नभएको र त्यसबारे संशय रहेको उनको भनाइ छ ।

विगतमा एमाले र माओवादीबीच गठबन्धन र पार्टी एकता हुँदा नभएको राजनीतिक स्थायित्वको अहिले परिकल्पना गर्न नसकिने सांसद घर्तीले बताए ।

‘हामीले विगतमा पार्टी एकता गरेर त राजनीतिक स्थायीत्व भएन, त्यहीँबाट झन् संसद विघटनको प्रक्रिया सुरु भयो’ उनले भने ।

संसदीय प्रणालीमा सरकार बन्ने र ढल्ने स्वभाविक प्रक्रिया हो भन्दै उनले अहिले संविधानमा नभई राजनीतिक व्यवहारमा सुधार आवश्यक रहेको बताए ।

प्रतिक्रिया दिनुहोस