काठमाडौँ । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीले भदौ मसान्तसम्म पार्टी पुनर्गठन अभियान चलाउने भएको छ।
पार्टीको हालै बसेको केन्द्रीय समितिको बैठकले निर्णय गरेर देशभर पार्टी पुनर्गठन अभियान चलाउन लागेको हो।
उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालबाट फुटेर बनेको जसपाले अहिलेसम्म करिब ५० जिल्लामा पार्टी पुनर्गठन भइसकेको महासचिव मोहम्मद इस्तियाक राईले बताए।
उनले अहिले पार्टीको केन्द्रीय समिति १७० सदस्यीय बनाए पनि महाधिवेशनपछि विधानमा व्यवस्था भए अनुसारको १५१ बनाउने समेत बताए।