७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले शिवशिखरको मार्ट लिलाम गर्दै

अ+ अ-

काठमाडौँ । शिवशिखर बहुउद्देश्यीय सहकारीको ललितपुर ठैबस्थित मार्ट समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले लिलाम गर्ने भएको छ ।

२५ भदौ २०८० मा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले शिवशिखर सहकारी संस्थालाई समस्याग्रस्त घोषणा गर्दै सम्पत्ति तथा दायित्व राफसाफ गर्न समितिमा पठाएको थियो ।

सहकारी ऐन अनुसार समस्याग्रस्त घोषणा भए पनि सहकारी सञ्चालक समिति खारेज भएर सञ्चालक समितिले गर्ने सम्पूर्ण अधिकार व्यवस्थापन समितिले गर्ने व्यवस्था छ । सोही अनुसार समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ठैबस्थित सहकारी कार्यालय र ‘गार्डेन मार्ट’ रहेको संरचना लिलाम गर्न लागेको हो ।

समस्याग्रस्त घोषणा भएको एक वर्षसम्म समितिले बेवारिसे छोड्दा देशभरि रहका २२ मार्टमा सबै सामान काम नलाग्ने र चोरी समेत भइसकेको समितिका कर्मचारीले बताए । अहिले समितिले जग्गा भाडामा लिएर सहकारी मार्ट सञ्चालनका लागि बनाएको संरचना र कार्यालयमा रहेका फनिर्चर लगायत सामान लिलाम गर्न लागेको समितिले जनाएको छ ।

‘ललितपुर जिल्ला गोदावरी नगरपालिका–१४ ठैबस्थित गौरीलाल श्रेष्ठको नाममा रहेको कित्ता नम्बर ३२८ को क्षेत्रफल १ रोपानी २ आना जग्गामा संस्थाबाट संरचना निर्माण गरी गार्डेन मार्ट तथा सहकारी संस्था शाखा सञ्चालनमा रहेको थियो,’ समितिले मंगलबार जारी गरेको सूचनामा छ, ‘गार्डेन मार्टको संरचना, मार्टभित्र रहेका सामान तथा सहकारी संस्थाका फर्निचर तथा कम्प्युटर उपकरणको न्यूनतम एकमुष्ट मूल्यांकन १ करोड १५ लाख ७८ हजार ८ सय ३५ रुपैयाँ भएकोले, सहकारी ऐन २०७४ को परिच्छेद १८, दफा १०६ को खण्ड ९ज० बमोजिम सहकारी संस्थाको सम्पत्ति बेचबिखन गर्नुपर्ने भएकाले घरधनी, बचतकर्ता वा बाह्य इच्छुक पक्षले उक्त रकमभन्दा कम नहुने गरी गोप्य शिलबन्दी निवेदन दिनुपर्ने छ ।’

मूल्यांकन रकमभन्दा कम नहुने गरी बढीबढाउमा सकार्न चाहे सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र समितिको कार्यालयमा उपस्थित भई गोप्य शिलबन्दी निवेदन दिन समितिले आह्वान गरेको हो ।

प्रतिक्रिया दिनुहोस