काठमाडौँ । प्रतिनिधि सभाले जलस्रोत विधेयक, २०८१ लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाएको छ ।
प्रतिनिधि सभाको मंगलबारको बैठकले जलस्रोत विधेयक, २०८१ लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाएको हो ।
बैठकमा प्रधानमन्त्रीको तर्फबाट ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेतले थारु आयोगको पाँचौँ वार्षिक प्रतिवेदन (२०७९ साउन-२०८० असार) पेस गरे ।
प्रतिनिधि सभाको आगामी बैठक असार २७ गते बिहीबार दिउँसो ४ बजे बस्ने गरी बोलाइएको छ ।