६ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सिरहामा कमला नदीमा फसेका ६ जनाको उद्धार

अ+ अ-

काठमाडौँ । सिरहामा कमला नदीमा फसेका ६ जनाको उद्धार गरिएको छ । सिरहाको कल्याणपुर नगरपालिका-६ भोक्रहास्थित कमला नदीमा फसेका ४ जनाको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको सशस्त्र प्रहरीका प्रवक्ता डिएसपी शैलेन्द्र थापाले बताए ।

डीएसपी थापाका अनुसार उद्धार गरिएकाहरू सोही ठाउँ बस्ने ५५ वर्षीय मनिया कापर, ५० वर्षीय सेवक साह, ३७ वर्षीय मोहम्मद हाकिम र ३५ वर्षीय अलादिन राई रहेका छन् । दाउरा लिन गएको अवस्थामा एक्कासी पानीको बहाव बढेपछि उनीहरू नदीको बीच भागमा फसेका थिए ।

बीचमा फसेका उनीहरूको सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेश कल्याणपुरबाट खटिएको सुरक्षा फौजले ट्युब बोटको सहायताले उद्धार गरेको हो ।

यस्तै कल्याण नगरपालिका-२ स्थित कमला नदीको बीच भागमा फसेका २ जनाको सशस्त्र प्रहरीले बिहान दिउँसो करिव २ बजे सकुशल उद्धार गरेको छ ।

धनुषा जिल्लाको कमला नगरपालिका-७ बस्ने ३० वर्षीय विष्णुदेव गोइत र २९ वर्षीय श्यामकुमार महतो वाई.बी.१५ डी ६५७० नम्बरको जेसीबीसहित पानी च्यानालाईज गर्ने क्रममा एक्कासी आएको बाढीका कारण नदीमा फसेका थिए ।

उनीहरूलाई सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेश कल्याणपुरबाट खटिएको सुरक्षा फौजले रबर बोटको सहयोगमा सकुशल उद्धार गरेको हो । उनीहरू उक्त जेसीबीका चालक तथा सह-चालक रहेका छन् ।

प्रतिक्रिया दिनुहोस