११ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

टेलिअफ्थाल्मोलोजी परियोजना कार्यान्वयनमा

अ+ अ-

काठमाडौँ ।  नेपाल नेत्रज्योति सङ्घले नूर दुबई फाउण्डेशनको आर्थिक एवं प्राविधिक सहयोगमा ‘टेलिअफ्थाल्मोलोजी’ परियोजना सुरुआत गरेको छ । सो परियोजनाले ‘टेलिअफ्थाल्मोलोजी’मार्फत नेपालको दुर्गम क्षेत्रका वासिन्दामा आँखा उपचारको पहुँच बढाउने  लक्ष्य लिएको छ ।  तीन वर्षका अवधिमा सङ्घअन्तर्गतका १५  केन्द्रमार्फत परियोजनाले प्राथमिक हेरचाह, विशेषज्ञ परामर्श र तालिमसमेत प्रवाह गर्ने मङ्गलबार आयोजित कार्यक्रममा जानकारी दिइयो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा.रोशन पोखरेल, नेपाल नेत्रज्योति सङ्घका अध्यक्ष प्रा डा.चेतराज पन्त, नेपालका लागि युएईका राजदूत अबदुल्लाह अल सम्सी र नूर दुबई फाउण्डेशनका प्रमुख कार्यकारी अधिकृत डा मनाल तारियामले संयुक्त रूपमा परियोजनाको शुभारम्भ गरे । सो अवसरमा सचिव डा.पोखरेलले भने, “ गुणस्तरीय स्वास्थ्य सेवा पहुँच विस्तार  गर्न मन्त्रालयले उच्च प्राथमिकता दिएको छ । यस लक्ष्यलाई परियोजनाले थप सहयोग गर्ने छ ।  दिगो विकासका लक्ष्य २०३० प्राप्तिमा आँखा स्वास्थ्य सेवाको भूमिका अग्रणी छ ।”

फाउण्डेशनका बोर्ड सदस्य एवं प्रमुख कार्यकारी अधिकृत डा.तारियामले भने, ‘ फाउण्डेशनले नेपाल नेत्रज्योति सङ्घसँगको साझेदारी मार्फत नेपालमा आँखा उपचार सेवा गर्न समुदायमा पुग्न पाउँदा अत्यन्तै गौरवान्वित छौँ । यस परियोजनाले आँखा स्वास्थ्य सेवाको प्रवाहलाई रूपान्तरण गर्नुका साथै सेवाको पहुँचलाई बढाई यसलाई दिगो बनाउने विश्वास लिएका छौँ ।’

सङ्घका अध्यक्ष प्रा डा पन्तले भने, ‘ परियोजनाले नेपालको दुर्गम र ग्रामीण क्षेत्रका विपन्न नागरिकलाई अस्पतालको विशेषज्ञ आँखा उपचार सेवासँग जोड्नेछ ।  टेलिअफ्थाल्मोलोजी उपचार सेवाले बिरामीको घरमै विशेषज्ञ आँखाको हेरचाह सेवा प्रदान गर्ने हुनाले यो बढी प्रभावकारी हुने विश्वास लिएका छौ ।’  कार्यक्रममा सङ्घका महासचिव भरतबहादुर चन्द  र कार्यकारी निर्देशक डा शैलेशकुमार मिश्रले आँखा उपचार सेवामा सङ्घले गरिरहेका काम एवं परियोजनाबारे जानकारी दिएका थिए । 
 
उन्नत प्रविधि टेलिअफ्थाल्मोलोजी 
‘टेलिमेडिसिन’ र ‘टेलिअफ्थाल्मोलोजी’ले विद्युतीय सञ्चार र उन्नत प्रविधिको माध्यमबाट स्वास्थ्य सेवा प्रवाहलाई सहज बनाउने जनाइएको छ ।  बिरामी तथा विशेषज्ञ आँखा चिकित्सक भौगोलिक रूपमा टाढा भएता पनि यो प्रविधिले नजिक बनाई विशेषज्ञ उपचार सेवालाई सहज बनाउने कार्यकारी निर्देशक डा.मिश्रले बताए । उनका अनुसार यो प्रविधिले चाहेको समयमा तथ्याङ्क विश्लेषण गर्न, प्रविधि मार्फत निर्देशित उत्कृष्ट आँखा उपचार सेवा प्रदान गर्न, तथ्याङ्कमा आधारित निर्णय लिन र कुशल एवं उत्कृष्ट बिरामी सेवा प्रवाहलाई जोड दिनेछ ।

सङ्घका अनुसार नेपालमा करिब ६८ लाख मानिस कुनै न कुनै आँखासम्बन्धी समस्यायाबाट ग्रसित छन् ।  परियोजनाको अन्त्यमा सङ्घद्वारा सञ्चालित १५ आँखा उपचार केन्द्रमार्फत करिब चार लाख ३३ हजार बिरामीलाई प्राथमिक आँखा उपचार सेवा प्रदान गर्ने  अपेक्षा गरिएको छ । यसैगरी  ८२ हजार आँखाका बिरामीलाई टेलिअफ्थाल्मोलोजीमार्फत विशेषज्ञ परामर्श सेवा प्रवाह गर्ने छ । परियोजनाले १५ नेत्र सहायक र छ नेत्ररोग विशेषज्ञलाई टेलिअफ्थाल्मोलोजीमा तालिम दिई मानव स्रोत विकासमा पनि सहयोग पुर्याउँदै समुदायलाई सशक्त बनाउने अपेक्षा गरिएको छ । साथै परियोजनाले थप १५ आँखा उपचार केन्द्र र दुईवटा विशिष्टिकृत अस्पताललाई जोडेर आँखा स्वास्थ्य पूर्वाधारलाई थप सुधार गर्ने लक्ष्य राखेको छ । 

परियोजनाले दिगो विकासका लक्ष्यहरू ३, ८, ९ र १३ को लक्ष्य प्राप्तिमा प्रत्यक्ष योगदान पुर्याउने महासचिव चन्दले जानकारी दिए ।  उनले भने “टेलिमेडिसिनको प्रयोगले स्वास्थ्य सेवा प्रदान गर्दा लाग्ने लागतलाई उल्लेखनीय रूपमा कम गर्दै र गुणस्तरीय आँखा उपचार सेवामा सुधार गर्ने छ ।  यसले समुदायको आर्थिक वृद्धिलाई सुनिश्चित गर्ने छ ।”यस परियोजनाले जलवायु परिवर्तनको प्रभाव कम गर्न हरितगृह ग्यास उत्सर्जन घटाउनसमते सहयोग पुर्याउने अपेक्षा समेत लिइएको छ ।

युएई केन्द्रित  फाउण्डेशनले विश्वव्यापी रूपमा रहेको अन्धोपनालगायत आँखासम्बन्धी विभिन्न समस्याको रोकथाम गर्ने उद्देश्य प्राप्तिमा तल्लीन रहेको जनाइएको छ । यसैगरी सङ्घले कुल चार करोड ३६ लाख २६ आँखाका बिरामीलाई उपचार सेवा प्रवाह गरिसकेको छ भने ५१ लाख ३३ हजार छ सय ५९ जनाको आँखाको शल्यक्रिया भइसकेको छ । हाल सङ्घअन्तर्गत देशभरमा २८ आँखा अस्पताल, एक सय ५७ आँखा उपचार केन्द्र तथा ४४ जिल्ला शाखा सञ्चालनमा छन् । 

प्रतिक्रिया दिनुहोस