काठमाडौँ । नेपाली बजारमा बुधबार सुनको मूल्य स्थिर रहेको छ भने चाँदी घटेको छ।
आज छापावाल सुन प्रतितोला एक लाख ४४ हजार एक सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४३ हजार चार सय रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै, बुधबार चाँदीको मूल्य भने घटेको छ। आज चाँदी प्रतितोला १८ सय ७० रूपैयाँमा कारोबार भइरहेको छ।