काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’र सत्तारुढ दल नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल तथा सम्मानित नेता झलनाथ खनालबिच छलफल भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा नेताहरूबिच पछिल्लो विकसित राजनीतिक घटनाक्रमका बारेमा भेटवार्ता र छलफल भएको हो ।
प्रधानमन्त्री ‘प्रचण्ड’सँग नेपाल र खनालको छलफल चलिरहेका बेला नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ समेत बालुवाटार पुगेका छन् । प्रधानमन्त्री ‘प्रचण्ड’ले यही असार २८ गते संसद्मा विश्वासको मत लिँदैछन् ।