७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बाढीपहिरो प्रभावितलाई रेडक्रसको सहयोग

अ+ अ-

काठमाडौँ । नेपाल रेडक्रस सोसाइटीले बाढीपहिरो प्रभावितलाई रु. एक करोड ५० लाखको गैरखाद्य सामग्री आफ्ना जिल्ला शाखालाई पठाएको छ । रेडक्रसले त्रिपाल, कम्बल, म्याट्रेस, भाँडाकुँडालगायत सामग्री प्रभावित जिल्लामा पठाएको हो ।

नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष सुदर्शनप्रसाद नेपालका अनुसार विभिन्न सहयोगी निकायसँगको सहकार्यमा विपद्मा परेका तीन सय ७६ र रेडक्रसबाट दुई सय नौ जनालाई तयारी खाना वितरण गरिएको छ । हालसम्म एक सय ९१ परिवारलाई त्रिपाल, एक सय चार परिवारलाई कम्बल र २२ परिवारलाई भाँडाकुँडा सेट वितरण गरिएको छ ।

बाढीपहिरोबाट प्रभावित क्षेत्रका पाँच सय ८५ जनाको उद्धार गरिएको अध्यक्ष नेपालले बताए । वर्षाका कारण यही असार १२ देखि हालसम्म २७ जिल्ला प्रभावित भएको रेडक्रसले जनाएको छ । नेपाल रेडक्रसको आपतकालीन कार्य सञ्चालन केन्द्रबाट मनसुनको अवस्था र प्राप्त विवरणका आधारमा राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा नियमित सूचना सम्प्रेषण भइरहेको रेडक्रसका महामन्त्री भूपतिलाल श्रेष्ठले जानकारी दिए । रेडक्रसले राष्ट्रियस्तरमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, राष्ट्रिय आपत्कालीन कार्यसञ्चालन केन्द्र र अन्य सरोकारवाला निकाय तथा अन्तर्राष्ट्रिय रेडक्रस अभियानका सदस्य निकायमा सूचना सम्प्रेषण भइरहेको उनको भनाइ छ ।

बाढीको उच्च जोखिममा रहेका बाँके, बर्दिया र कैलालीका १२ पालिकमा रेडक्रसको अन्तर्राष्ट्रिय महासङ्घको विपद् प्रतिकार्य आपत्कालीन कोष (डिआरइएफ) को सहयोगमा बाढी पूर्वकार्य सञ्चालन भइरहेको रेडक्रसले जनाएको छ । रेडक्रसले मनसुनजन्य विपद्मा तत्काल आपत्कालीन प्रतिकार्यका लागि सातै प्रदेश र ७७ जिल्ला शाखामा तालिमप्राप्त जनशक्तिलाई तयारी अवस्थामा रहन निर्देशन दिएको छ । सबै प्रदेश र जिल्लामा मनसुन पूर्वतयारी र प्रतिकार्य सञ्चालनका लागि कार्ययोजनासहित अभिमुखीकरण कार्य सम्पन्न भएको रेडक्रसले जनाएको छ ।

गोदामघरमा राहत सामग्रीको भण्डारण र विपद् अतिजोखिम जिल्लामा पूर्वतयारीका लागि राहत सामग्री पठाइएको महामन्त्री श्रेष्ठले जानकारी दिए । राहत सामग्री भण्डारण गर्ने र आवश्यकताअनुसार तत्काल प्रतिकार्यका लागि प्रदेश र जिल्ला शाखाबाट प्रदेश र स्थानीय तहमा समन्वय भइरहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस