९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

वेश्यावृत्तिमा लगाएको आरोपमा १९ जना पक्राउ

पक्राउ
अ+ अ-

काठमाडौँ । नेपाल प्रहरीको मानव बेचबिखन तथा अनुसन्धान ब्युरोले चालु आर्थिक वर्षको हालसम्म मनोरञ्जन क्षेत्रमा वेश्यावृत्तिमा लगाएको आरोपमा १९ जनालाई पक्राउ गरेको छ ।

काठमाडौँका विभिन्न स्थानमा सञ्चालित डान्सबार, रेष्टुरेन्ट तथा गेष्टहाउसमा वेश्यावृत्तिमा लगाएको आरोपमा ८ पुरुष र ११ महिलालाई पक्राउ गरिएको ब्युरोका प्रहरी नायब उपरीक्षक वीरेन्द्र गोदारले जानकारी दिए ।

उनका अनुसार ब्युरोका प्रहरीले रातेपुल, गोङ्गबु, ठमेल, गौशाला, ललितपुर, चाबहिल, जडीबुटी, शिवचोक, तारकेश्वर, जोरपाटी, दीपज्योति, माछापोखरी, मित्रपार्क र नारायणटारलगायत क्षेत्रबाट उनीहरूलाई पक्राउ गरेको हो ।

ब्युरोको आयोजना तथा महिला सशक्तीकरण र हिंसा न्यूनीकरणका क्षेत्रमा क्रियाशील अनाहत नेपाल संस्थाको समन्वयमा सम्पन्न ‘आन्तरिक मानव बेचबिखनका नयाँ आयाम’सम्बन्धी कार्यक्रममा मनोरञ्जन क्षेत्रमा वेश्यावृत्तिमा लगाउने आठ पुरुष र ११ महिलालाई पक्राउ गरिएको जानकारी दिइएको हो ।

ब्युरोको तथ्यांक अनुसार आन्तरिक बेचबिखन तथा वेश्यावृत्तिका घटनामा १५ पुरुष र ४४ महिला गरी ५९ जना पीडित देखिएका छन् । पछिल्लो तीन वर्षमा मानव बेचबिखनमा संलग्न पाँच सय २१ जना पक्राउ परेका ब्युरोले जनाएको छ ।

ब्युरोका प्रहरी नायब उपरीक्षक गोदारले मुख्य गरी गाउँबाट ठूला सपनाको प्रलोभनमा पारी मनोरञ्जन क्षेत्रमा ल्याई वेश्यावृत्तिलगायत कार्यमा लगाइँदा ती व्यक्ति विभिन्न शोषणमा पर्ने गरेका अनुसन्धानका क्रममा पाइएको बताए ।

मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ ले कुनै पनि उद्देश्यले मानिस बेच्ने वा किन्ने, कुनै प्रकारको फाइदा लिई वा नलिई वेश्यावृत्तिमा लगाउने, प्रचलित कानुनबमोजिमबाहेक मानिसको अङ्ग झिक्ने तथा वेश्यागमन गर्ने कार्यलाई मानव बेचबिखन मानेको छ ।

उक्त ऐनले मुलुक बाहिर हुने ओसारपसार र बेचबिखनका साथै मुलुकभित्र पनि एक ठाउँबाट अर्को ठाउँमा वेश्यावृत्तिमा लगाउने वा शोषण गर्ने उद्देश्यले कुनै किसिमले ललाइफकाई, प्रलोभनमा पारी, झुक्याई, जालसाज गरी, प्रपञ्च मिलाई, डर, त्रास, धाक, र धम्कीका आडमा हुने कार्यलाई सङ्गठित अपराध मानेको प्रहरी नायब उपरीक्षक गोदारको भनाइ छ ।

विश्वभरिका तीन ठूला सङ्गठित अपराधमध्ये मानव बेचबिखन एक मुख्य अपराधका रूपमा रहेको छ । नेपाली समाजमा अहिले मानव बेचबिखन सुसुप्त ढङ्गले सञ्चालित भएको प्रहरीको अनुमान छ ।

अनाहत नेपालका कार्यक्रम व्यवस्थापक सञ्जय ढकालले मानव बेचबिखनको आन्तरिक आयामका बारेमा धेरै चर्चा नभएकाले विभिन्न प्रलोभनमा पारी किशोरीलाई व्यावसायिक केन्द्रमा ल्याई वेश्यावृत्तिमा लगाउने गरिएको बताए । आन्तरिक बेचबिखनमा पर्ने किशोरी मूलतः १३ देखि १७ वर्ष समूहका रहेका उनले बताए ।

प्रतिक्रिया दिनुहोस