७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भ्रष्टाचारविरुद्धको गीत पुरस्कार शिशिर योगीको ‘जनतालाई रुवायो’लाई प्रदान गरिने

अ+ अ-

काठमाडौँ । अमेरिकाको टेक्ससमा रहेको हेम सरिता पाठक फाउन्डेसनले एक लाख राशिको ‘हेम-सरिता पाठक अन्तर्राष्ट्रिय संगीत पुरस्कार २०८१’ को लागि आयोजित भ्रष्टाचार ‘विरुद्धको गीत प्रतियोगिता’ को नतिजा प्रकाशित गर्दै उत्कृष्ट गीतको लागि ‘जनतालाई रुवायो’लाई पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ । सो निर्णय हेम सरिता पाठक फाउन्डेसन नेपालका अध्यक्ष राधेश्याम लेकालीले पत्रमार्फत जानकारी दिएका छन् ।

अमेरिकाको टेक्सासमा स्थापित हेम–सरिता पाठक फाउन्डेसनले सो पुरस्कारको स्थापना गरेको हो ।

सर्जक एवं वरिष्ठ पत्रकार गोपालप्रसाद थपलियाको शब्द र चर्चित गायक एवं संगीतकार शिशिर योगीको संगीत तथा स्वरमा रहेको ‘जनतालाई रुवायो’ गीत छनौटको लागि वरिष्ठ संगीतकर्मी प्रेमराजा महतको संयोजनमा गठित सिफारिस समितिको सिफारिसमा सो गीतलाई पुरस्कार प्रदान गरिने भएको हो ।

वि. स. २००६ असोज १५ गते दोलखाको सुष्पा क्षमावतीमा जन्मिएका गीत सर्जक थपलियाको भ्रष्टाचारका ४ र देशभक्तिका ७ गीत रेकर्ड यसअघि भइसकेका छन् भने मुक्तक, कविता, गीत, कथा र निबन्धका ५ कृति प्रकाशित रहेका छन् ।

स्वतन्त्र सेनानी थपलियाले यसअघि प्रेस स्वतन्त्रता सेनानी, वरिष्ठ पत्रकार र भीष्म पितामहको सम्मान लगायत सर्वोत्कृष्ट गीतकारको लागि हिमालयन इन्टरनेसनल अवार्ड समेत पाइसकेका छन् ।

यसैगरी, वि. स. २०२७ फागुन २६ गते दाङको देउखुरी, लमही ६ मा जन्मिनु भएका संगीतकार योगीको पहिचान, सुस्केरा, जम्काभेट, आकर्षण, मोडमोडमा लगायत गीति एल्बमसहित ५०० गीतहरू रेकर्डिङ भइसकेको छ । जसमध्ये योगीको १ दर्जनबढी भ्रष्टाचार विरुद्धका गीतहरू रहेका छन् ।

संगीतकार योगी छिन्नलता गीत पुरस्कार, नारायण गोपाल युवा संगीत पुरस्कार, रमेश विकल सम्मान लगायतबाट सम्मानित भइसकेका छन् ।

यसअघि पनि एक लाखको ‘भ्रष्टाचार विरुद्धको कविता प्रतियोगिता २०८१’को उत्कृष्ट पच्चीस घोषणा भइसकेको छ ।

प्रतिष्ठानले दुई लाख राशिको ‘टंकप्रसाद रमादेवी पाठक पत्रकारिता पुरस्कार’ पनि प्रदान गर्ने गरेको छ ।

यस्तै, प्रतिष्ठानले नेपालमा स्कुल सञ्चालन, विपन्न वर्गको लागि घर निर्माण र आयमूलक कार्यक्रमको लागि रकम अनुदानसमेत उपलब्ध गराउँदै आएको छ । यसैगरी, प्रतिष्ठानले बाजुरा र झापा जिल्लाका विभिन्न क्षेत्रका अशक्त र असहायलगायत दुर्गम क्षेत्रका विद्यार्थीहरूलाई काठमाडौं ल्याएर पठनपाठन गराइरहेको छ ।

पुरस्कार निकट भविष्यमै काठमाडौँमा एक समारोहको आयोजना गरी प्रदान गरिने जानकारी प्रतिष्ठानका अध्यक्ष लेकालीले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस