काठमाडौँ । पछिल्लो समय तरकारी मूल्य वृद्धि हुँदै गएको छ । बर्खा लागेसँगै तरकारीको मूल्यमा अप्रत्याशित रूपमा वृद्धि हुन थालेको हो । साताभरमै गोलभेँडाको मूल्य ४३ देखि ५८ प्रतिशत, पुदिनाको २०८ प्रतिशत, आलुको ७ प्रतिशतसम्म भाउ बढेको छ ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार गत साता (असार २१ गते) गत साता १७० रुपैयाँ प्रतिकिलो पर्ने पुदिनाको मूल्य २०८ प्रतिशतले बढेर ५२५ रुपैयाँ पुगेको छ ।
यस्तै, गत साता ७० रुपैयाँ प्रतिकिलो पर्ने हरियो धनियाँको मूल्य ४८३ रुपैयाँ पुगेको छ । यस्तै, ७६.६७ रुपैयाँ प्रतिकिलो रहेको गोलभेँडा ठुलो (नेपाली) ४३.४७ प्रतिशतले मूल्य वृद्धि भएर प्रतिकिलो ११० किलो पुगेको छ ।
यस्तै, गत साता २८।३३ रुपैयाँ प्रतिकिलो रहेको गोलभेँडा सानो९लोकल० को मूल्य ५८।८४ प्रतिशतले वृद्धि भएर ४५ रुपैयाँ पुगेको छ ।
यस्तै, असार २१ गते ४८ रुपैयाँ प्रतिकिलो रहेको गोलभेँडा सानो (टनेल) को मूल्य ५० प्रतिशतले मूल्य वृद्धि भएर ७२ रुपैयाँ प्रतिकिलो पुगेको छ ।
यस्तै, आलुको मूल्य पनि वृद्धि भएको छ । गत साता ६२ रुपैयाँ प्रतिकिलो पर्ने आलु रातोको मूल्य ७ प्रतिशतले वृद्धि भएर ६६.४० रुपैयाँ प्रतिकिलो पुगेको छ ।
यस्तै, सुकेको भारतीय प्याज गत साता ८८ रुपैयाँ प्रतिकिलो थियो तर आज ४.५५ प्रतिशतले वृद्धि भएर ९२ रुपैयाँले पुगेको छ ।
यस्तै, गत साता ७५ रुपैयाँ पर्ने गाजरको मूल्य ११२ रुपैयाँ प्रति किलो पुगेको छ । यस्तै, २३ रुपैयाँ प्रतिकिलो पर्ने लोकल बन्दाको मूल्य ३६ रुपैयाँ पुगेको छ ।
यस्तै, प्रतिकिलो ७५ रुपैयाँमा बिक्री हुँदै आएको स्थानीय काउलीको मूल्य ७६ रुपैयाँ र स्थानीय काउली (ज्यापु) प्रतिकिलो गत साता ८६.६७ रुपैयाँ प्रतिकिलो बिक्री भइरहेको थियो आज ९० रुपैयाँ प्रतिकिलो पुगेको छ ।
यातायात अवरुद्ध हुँदा र बर्खामा हरियो तरकारी बढी सड्ने भएकाले मूल्य वृद्धि भएको हो ।