६ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रदेशप्रतिको घृणा र आक्रोश बदल्ने गरी काम गर्न सचिवहरूलाई निर्देशन

अ+ अ-

काठमाडौँ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशप्रतिको घृणा र आक्रोशलाई बदल्ने गरी काम गर्न मन्त्रालयका सचिवहरूलाई निर्देशन दिएका छन् ।

शुक्रबार प्रदेश सरकार अन्तर्गतका मन्त्रालय र निकायका सचिवलाई निर्देशन दिँदै उनले प्रदेशप्रति असन्तुष्टि बढेको र त्यसलाई कम गर्ने गरी काम गर्नका लागि सचिवहरूलाई निर्देशन दिए ।

उनले भने, ‘अहिले प्रदेशमा घृणा, आक्रोश छ । त्यसलाई बदलेर अब प्रदेश सरकार देख्न, सकिने, छाम्न सकिने र हेर्न सकिने गरी काम गर्नुपर्छ ।’

सचिवहरूलाई निर्देशन दिँदै कार्कीले आगामी वर्षको कार्ययोजना साउन १५ भित्र बनाउन र ठूला योजनाहरूलाई पहिलो चौमासिकबाटै सुरु गर्नुपर्ने बताए ।

उनले असारे विकासका बारेमा आलोचना व्यापकरुपमा आएको र अब आउँदो वर्ष जेठ १५ पछि कुनै पनि तालिम, गोष्ठी लगायतका अन्य कामहरू नगर्न निर्देशन दिए । उनले भने, ‘सबै कामहरू जेठ १५ भित्र सक्ने गरी अठोट गरेर योजना बनाउने र त्यसैगरी लाग्ने तयारी गरौँ ।’

प्रदेश सरकारले कुनैपनि कानुनहरु सच्याउनुपर्ने, खरिद ऐन सच्याउनुपर्ने अवस्था भए तत्कालै सच्याउन तयार रहेको र सोही अनुरूप मन्त्रालयले काम गर्नुपर्ने उनले बताए ।

उनले शासकीय सुधारमा जोड दिँदै सुशासनमा ध्यान दिन र भ्रष्टाचारमा शून्य सहनशीलता अपनाएर काम गर्नसमेत निर्देशन दिए । आगामी वर्षदेखि योजना बैंक सञ्चालन गरेर अर्को आर्थिक वर्षमा योजना बैंकमा आएका योजना हेरेर बजेट बनाउने गरी अहिले देखिनै त्यसको तयारी गर्नुपर्ने जानकारी दिए ।

उनले योजना बैंकका बारेमा सबैलाई जानकारी दिने र त्यसको औचित्य र आवश्यकताबारेमा बताउँदै त्यसतर्फ आकर्षित गर्नका लागि सचेतना कार्यक्रम गर्न पनि निर्देशन दिए ।

प्रतिक्रिया दिनुहोस