८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कुखुरा फर्म सञ्चालकको हत्या आरोपमा कामदार दम्पती पक्राउ

अ+ अ-

काठमाडौँ । मोरङ प्रहरीले सुन्दरहरैँचामा कुखुरा फर्मका सञ्चालकको हत्या गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा उर्लाबारी नगरपालिका-४ घर भएका ३५ वर्षीय छिरिङ भनिने सुनील तामाङ र उनकी श्रीमती ३३ वर्षीया प्रनिसा पाँचकोटी रहेको मोरङ प्रहरीले जनाएको छ । 

प्रहरीका अनुसार उनीहरूले सुन्दरहरैँचा नगरपालिका-९ का ४९ वर्षीय सहदेव बजगाईंको बिहीबार बिहान हत्या गरेको थिए । पक्राउ परेकाहरू मृतकको फर्मका कामदार दम्पती हुन् ।

बजगाईँले सुन्दरहरैँचा-१ मा कुखुरा फार्म सञ्चालन गर्दै आएका थिए । प्रहरीका अनुसार डेढ महिना अघिदेखि उनीहरूले कुखुरा फार्ममा काम गर्दै आएका थिए ।

बिहीबारदेखि फरार भएका उनीहरूलाई सुनसरीको धरान उपमहानगरपालिका-१२ स्थित अरुणोदय धर्मशालाको गेस्ट हाउसबाट पक्राउ परेका हुन् ।

फार्मका सञ्चालक बजगाईँले काम गरेको पैसा नदिई गालीगलौज गरेको निहुँमा उनीहरूले हत्या गरेको प्रहरी समक्ष स्वीकार गरेका छन् ।

बजगाईंको शव टाउको क्षतविक्षत भएको विभत्स अवस्थामा बिहीबार बिहान १०ः३० बजेतिर कुखुरा फर्मभित्रै भेटिएको थियो ।

प्रतिक्रिया दिनुहोस