काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधि सभाबाट विश्वासको मत लिने प्रक्रिया सुरु भएको छ । सत्ता सारथी नेकपा एमाले, जसपा सरकारकाबाट बाहिरिएर समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री प्रचण्डले आज विश्वासको मत लिन लागेका हुन् ।
२०७९ पुस ११ गते तेस्रो कार्यकालका लागि प्रधानमन्त्रीमा नियुक्त भएका प्रचण्डले आजसहित पाँचौंपटक विश्वासको मत लिन लागेका हुन् ।
नेपाली काँग्रेस र एमालेबीच नयाँ समीकरणका लागि सहमति बनेसँगै उनले संविधानको धारा १०० को उपधारा (२) अनुसार विश्वासको मत लिने भएका हुन् । आज प्रधानमन्त्रीले विश्वासको मत नपाउने निश्चित छ ।