९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जनधनको क्षतिप्रति गृहद्वारा दुःख व्यक्त, सबै क्षेत्रबाट सहयोग र सतर्कताको अपेक्षा

अ+ अ-

काठमाडौँ । नारायणगढ-मुग्लिन सडकअन्तर्गत चितवनको भरतपुर महानगरपालिका-२९ सिमलतालमा गएको पहिरोमा परी त्रिशूली नदीमा बेपत्ता भएका दुई बस र तिनमा सवार यात्रुको खोजी कार्य जारी रहेको गृह मन्त्रालयले जनाएको छ ।

खोजी र उद्धारका लागि ५ सय भन्दा बढी सुरक्षाकर्मीहरू र २८ जना गोताखोर परिचालन गरिएको मन्त्रालयले जनाएको छ ।

शुक्रवार बिहान गृह सचिव एकनारायण अर्यालको नेतृत्वमा गृह मन्त्रालयका पदाधिकारीहरू, सुरक्षा निकायका प्रमुखहरू र यातायात व्यवसायी महासङ्घका प्रतिनिधिहरूसमेतको उपस्थितिमा मन्त्रालयमा बसेको बैठकले बेपत्ता भएका व्यक्तिहरूको खोजी कार्यलाई थप प्रभावकारी बनाई निरन्तरता दिने निर्णय गरेको छ ।

वर्षातको समयमा हुनसक्ने जनधनको क्षति र सवारी दुर्घटना रोक्न जल तथा मौसम विज्ञान विभागबाट जारी हुने आवधिक बुलेटिन अनुसार उच्च जोखिम तथा मध्यम जोखिम क्षेत्रमा मानवीय सुरक्षालाई केन्द्रमा राखी आवश्यक कार्य गर्ने, उच्च जोखिम क्षेत्रमा अवस्था विश्लेषण गरी रातिको समयमा सवारीसाधन सञ्चालनमा रोक लगाउने लगायतका आवश्यक पूर्व सावधानीका काम गर्ने निर्णय बैठकले गरेको मन्त्रालयका प्रवक्ता एवं सहसचिव नारायण प्रसाद भट्टराईले जानकारी दिए ।

राजमार्गका पहिरो तथा डुबान सम्भावित क्षेत्रमा सडक विभाग र ट्राफिक प्रहरीले जोखिमका संकेत चिन्ह राख्ने, राजमार्गमा खटिने सुरक्षाकर्मीहरूले सडकको अवस्था सम्बन्धी सूचना प्रवाह गर्ने र सो को आधारमा मात्र सवारीसाधन सञ्चालन गर्ने निर्णय भएको प्रवक्ता भट्टराईको भनाई छ ।

यसका साथै यातायात व्यवसायीहरूले यात्रुहरूको पूरा विवरणसहितको यात्रु टिकट अनिवार्य रूपमा जारी गर्ने, सडक इजाजत पत्र जारी नभएका सडकमा दुर्घटनाको जोखिम हुने गरी पटके सडक इजाजत जारी नगर्ने र ट्राफिक प्रहरीले यसको अनुगमन गर्ने, यात्रुहरूलाई ठगी गर्ने व्यक्तिहरूलाई स्थानीय प्रशासनले अनुगमन गरी कालोबजारी ऐनबमोजिम कारबाही गर्ने कार्यलाई थप प्रभावकारी बनाउने लगायतका निर्णय भएको छ । प्रवक्ता भट्टराईका अनुसार विपद्मा परेका नागरिकहरूको खोज, उद्धार तथा राहत कार्यमा समन्वय गर्न मन्त्रालयमा गठित कमाण्ड पोष्ट चौबिसै घण्टा क्रियाशील रहेको छ ।

मन्त्रालयले देशका विभिन्न स्थानमा भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै विपद्बाट हुन सक्ने जनधनको क्षति रोक्न सरकारी निकायसँगै निजी क्षेत्र, सञ्चारमाध्यम, नागरिक समाज र आमनागरिकहरुको सहयोग र सतर्कताको अपेक्षा गरेको छ ।

प्रतिक्रिया दिनुहोस