काठमाडौँ । नेकपा एमालेका अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीलाई प्रधानमन्त्री नियुक्तिको दाबी पेश गरेर काँग्रेस र एमालेका नेताहरू शीतल निवासबाट बाहिरिएका छन् ।
दुई दलको समर्थनसहितको दाबी पेश गरेका काँग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष ओली केही मिनेटको शीतल निवास बसाई पछि आ-आफ्नो निवासतिर लागेका हुन् ।
राष्ट्रपतिले आवश्यक प्रक्रिया पूरा गरेर आजै राति ओलीलाई प्रधानमन्त्री नियुक्त गर्ने सम्भावनासमेत रहेको भनिए पनि अब भने आइतबार मात्रै हुने प्रशासन खास स्रोतले जानकारी दिएको छ ।
