८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नहर मर्मत नहुँदा खनियाघाटमा सिँचाइको समस्या

अ+ अ-

पर्वत । जिल्लाको जलजला गाउँपालिका–८ नाग्लीवाङमा सडक फराकिलो बनाउन भत्काइएको नहर पुनः निर्माण नहुँदा उपल्लो खनियाघाटमा सिँचाइको समस्या भएको छ ।

जलजला गाउँपालिकाले सञ्चालन गरेको खनियाघाट–दमुवाखोला–नाग्लीवाङ सडक स्तरोन्नतिका क्रममा डिइँको डाडा क्षेत्रमा बासकोटे खोलाबाट सञ्चालित उपल्लो खनियाघाट सिँचाइ आयोजनाको २५ मिटर लामो नहर पूर्ण रूपमा भत्काइएको थियो । नहर मर्मत नगर्दा स्थानीय कृषकको पाँच सय रोपनीभन्दा बढी खेत यसवर्ष बाँझै रहने भएको छ । 

भत्काइएको नहर पुनः निर्माण नहुँदा धुले बीउ राखेको भन्दै धान रोपाइँ पनि प्रभावित भएको बासकोटे खोला उपल्लो खनियाघाट सिँचाइ आयोजनाको उपभोक्ता समितिका अध्यक्ष विष्णु जिसीले बताए । ‘ठेकेदारले नहर बनाउने सहमतिमा भत्काएका हुन्, अहिले सडक बनाएर गए तर नहर बनाएनन्’, उनले भने, ‘यसअघिका वर्षमा पानी बीउ राख्ने गरेका थियौँ । यसपालि सिँचाइ नहुँदा धुले बीउ राखिएको छ । सिँचाइका लागि नहर नहुँदा रोपाइँ गर्न पाएका छैनौँ ।’ 

यहाँका ३३ धुरी कृषकको पाँच सय रोपनी क्षेत्रफलको खेतबारीमा सिँचाइको अभाव भएको अध्यक्ष जिसीले जानकारी दिए। विगतका वर्षमा असारको अन्तिम सातामा उपल्लो खनियाघाटमा आधा रोपाइँ हुने गरेको थियो । विसं २०६१ मा मार्ग खोलिएको खनीयाँघाट–डमुवाखोला–नाग्लीवाङ सडक विस्तार, नाली र पर्खाल निर्माणका साथै ढलानका लागि गत मङ्सिरमा साहना–सक्षम निर्माण कम्पनीले रु एक करोड ३३ लाख ५५ हजार दुई सय १८ मा ठेक्का सम्झौता गरेको थियो ।

यसअघि चार मिटर फराकिलो रहेको सडकलाई विस्तार गरेर छदेखि सात मिटर फराकिलो बनाइनुका साथै छ सय ६४ मिटर ढलान र नाली, एक सय पाँच घन मिटर पलम पर्खाल, एक सय ३० घन मिटर ग्यावीयन पर्खाल निर्माण भएको छ । पीडित कृषकहरूले केही दिनअघि वडा कार्यालय र गाउँपालिकामा नहर मर्मत गरी सिँचाइ नियमित गराउन अनुरोध गर्दै निवेदन दिएका थिए ।

 सडकले नहरमा पुर्‍याएको क्षति अनुगमनका लागि गएका जलजला गाउँपालिकाका उपाध्यक्ष दीपक आचार्य र वडाध्यक्ष हरिविकास जिसीलाई निर्माण कम्पनीका प्रतिनिधिले पाइपलाइन जडान गरेर सिँचाइका लागि पानी आपूर्ति गर्ने प्रतिबद्धता जनाए पनि काम हुन नसकेको कृषकले गुनासो गरेका छन् ।

प्रतिक्रिया दिनुहोस