७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सिमलताल दुर्घटनामा हराइरहेका दुईवटा बसमा थिए ६५ जना यात्रु

अ+ अ-

काठमाडौँ । नारायणगढ-मुग्लिन सडक-खण्डको भरतपुर महानगरपालिका-२९ सिमलतालमा शुक्रबार बिहान पहिरोमा परी त्रिशूली नदीमा खसेर हराइरहेका दुईवटा बसमा जम्मा यात्रु सङ्ख्या ६५ जना रहेको विवरण चितवन जिल्ला प्रशासन कार्यालयले आइतबार बिहान सार्वजनिक गरेको छ । जसमध्ये तीन यात्री मात्र सकुशल रहेका छन् ।

चितवन प्रशासनका अनुसार त्रिशूलीमा हराइरहेको काठमाडौँदेखि गौर जाँदै गरेको गणपति डिलक्स बसमा टिकट काउन्टरको चलानमा २७ जनाको नाम रहेको र घटनापछि सम्पर्कमा आएका आफन्तहरूले टिपाएको विवरणका आधारमा उक्त बसमा थप ११ यात्रु रहेको खुलेको छ । ३८ जना यात्रु रहेको यो बसका तीन जना यात्रु सकुशल छन् ।

त्यसै गरी वीरगन्जबाट काठमाडौँ आउँदै गरेको एन्जल बसमा चलानमा २३ जना र आफन्तहरू सम्पर्कमा आएर दिएको विवरणका आधारमा चार जना गरी कुल २७ जनाले यात्रा गरेको खुलेको छ । दुवै बसमा ६५ जनाले यात्रा गरे पनि गणपति बसका तीन जना यात्रु सकुशल रहेका छन् । दुवै बससँगै ६१ जना हराइरहेकामा आइतबार दिउसोसम्म ५ वटा शव फेला परेको छ । एकको पुष्टि हुन बाँकी छ ।

तीमध्ये तीनवटा शव हराइरहेका बसका यात्रुको भएको आफन्तहरूले चिनेर सनाखत गरेका छन् । भेटिएर सनाखत भएका तीन शवमध्ये एउटा एन्जल बसका यात्रुको हो ।

प्रतिक्रिया दिनुहोस