सुर्खेत । कर्णाली प्रदेशमा साउन १ गते सार्वजनिक बिदा हुने भएको छ ।
आन्तरिक मामिला तथा कानुन मन्त्रालयका निमित्त सचिव लिलाप्रसाद ढकालका अनुसार प्रदेश सरकारले साउन १ गते साउने संक्रान्ति तथा देउडा पर्वको अवसरमा बिदा दिने निर्णय गरेको हो ।
प्रदेशस्थित सबै सरकारी तथा सार्वजनिक संघ संस्थाहरुमा सार्वजनिक बिदा दिन कर्णाली प्रदेश सरकार मन्त्रिपरिषद्को वैशाख १७ गतेको बैठक निर्णयअनुसार बिदा दिइएको हो ।