काठमाडौँ । पाल्पाको रैनादेवी छहरा गाउँपालिकाले बाँदर लखेट्न किसानहरूलाई गुलेली र मट्याङ्ग्रा वितरण गरेको छ ।
पछिल्लो समय बाँदर, सुगासहितका जंगली जनावरले अन्नबालीमा हानी पुर्याएपछि नियन्त्रणका लागि गुलेली र मट्याङ्ग्रा वितरण गरिएको गाउँपालिकाले जनाएको छ ।
अहिले स्याहार गर्ने बेलाको मकैबारीमा सबैभन्दा धेरै बाँदर र सुगाले हैरान पारेको गुनासो आएपछि वडा नं. २ र ३ का किसानलाई गुलेली र मट्याङ्ग्रा वितरण गरिएको गाउँपालिका भनाई छ ।
ग्रामीण क्षेत्रमा जनसङ्ख्या घट्दै जाँदा जंगलको क्षेत्र विस्तार भएको छ । जसले गर्दा बाँदर र अन्य जंगली जनावरले किसानलाई हैरान पारेका छन् । गाउँपालिकाले पहिलो चरणमा वडा नं ३ का ३० र वडा नं २ का २५ घर किसान परिवारलाई गुलेली र मट्याङ्ग्रा वितरण गरेको छ ।