४ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राष्ट्रिय क्यान्सर रणनीति स्वीकृत गर्ने स्वास्थ्य मन्त्री पौडेलको पहिलो निर्णय

अ+ अ-

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले पदभार ग्रहण गरेसँगै क्यान्सर रोग निवारण रणनीति बनाउने पहिलो निर्णय गरेका छन् ।

स्वास्थ्य सचिव डा. रोशन पोखरेलले नेपालमा क्यान्सर रोगका बिरामी दिन प्रतिदिन बढिरहेको भन्दै त्यसको निवारणका लागि रणनीति बनाउन आवश्यक रहेको मन्त्रीसमक्ष ‘ब्रिफिङ’ गरेका थिए । मन्त्री पौडेलले राष्ट्रिय क्यान्सर रणनीति (२०२४–२०३०) स्वीकृत गर्ने पहिलो निर्णय गरेका छन् ।

पदभार ग्रहण गरेर सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री पौडेलले क्यान्सर रोगीहरूको उपचारका लागि एकरूपता ल्याउने गरी प्रणालीको विकास गरिने जानकारी दिए ।

यस्तै स्वास्थ्य बीमा कार्यक्रमलाई व्यवस्थित गर्ने र सबैलाई समेट्ने योजना ल्याउने उनले निर्णय गरे ।

एक महिनाभित्र संघीय अस्पतालहरूमा लाइन बस्नु नपर्ने व्यवस्था गर्ने उनले बताए । मन्त्री पौडेलले एक साताभित्र तत्कालीन र एक महिनाभित्र दीर्घकालीन योजना तयार पार्ने प्रतिबद्धता पनि व्यक्त गरे ।

काठमाडौँ क्षेत्र नम्बर ५ बाट पदमा निर्वाचित पौडेललाई प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रीमा नियुक्त गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस