काठमाडौँ । नवनियुक्त कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले पदभार ग्रहण गरेनन् । कर्मचारी आन्दोलनका कारण उनले पदभार ग्रहण नगरेका हुन् ।
सोमबार शपथ ग्रहण गरे लगत्तै मन्त्रालय पुगेका मन्त्री अधिकारीले आन्दोलनरत कर्मचारीसँग केहीबेर कुराकानी गरे पनि पदभार ग्रहण नगरेको स्रोतले बतायो ।
मन्त्री अधिकारीले समस्या समाधानका लागि आफूलाई केही दिन समय दिन आग्रह गरेको आन्दोलनरत कर्मचारीले जानकारी दिए ।