काठमाडौँ । नवनियुक्त कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले पदभार ग्रहण गरेका छन् । मन्त्री अधिकारीले दोस्रो पटक सिंहदरबार पुगेर पदभार ग्रहण गरेका हुन् ।
सोमबार शपथ ग्रहण गरे लगत्तै मन्त्रालय पुगेका मन्त्री अधिकारीले आन्दोलनरत कर्मचारीसँग केहीबेर कुराकानी गरे पनि पदभार ग्रहण गरेका थिएनन् ।
मन्त्री अधिकारीले आन्दोलनरत कर्मचारीसँग मन्त्रालयबाहिर केहीबेर कुराकानी गरेका थिए । आन्दोलनरत कर्मचारीसँग मन्त्री अधिकारीले समस्या समाधानका लागि आफूलाई केही दिन समय दिन आग्रह गरेपछि उनले पदभार ग्रहण गरेका हुन् ।