६ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

डिजिटल नेपाल फ्रेमवर्क परिमार्जन गरेर सूचना प्रविधि सम्बद्ध निकायको पुनर्संरचना गरिने

अ+ अ-

काठमाडौँ । नवनियुक्त सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले डिजिटल नेपाल फ्रेमवर्कलाई परिमार्जन गरेर सूचना प्रविधि सम्बद्ध निकायको पुनर्संरचना गर्ने निर्णय सदर गरेका छन् ।

मन्त्रालयका सचिव रामकृष्ण सुवेदीले हस्तान्तरण गरेको उक्त प्रस्तावमा सञ्चार मन्त्री गुरुङले पद बहाली गर्दै पहिलो निर्णयका रूपमा उक्त निर्णय सदर गरेका हुन् ।

पद बहाली लगत्तै पहिलो निर्णयबारे जानकारी दिँदै सञ्चार मन्त्री गुरुङले भने, ‘राष्ट्रपतिले सम्बोधन गर्नुभएको सरकारको नीति तथा कार्यक्रममा आएको विषय हो । सञ्चार तथा सूचना तथा प्रविधिको प्रयोगका लागि कानूनी र संस्थागत विकास गर्न गर्ने योजना रहेको र त्यसका लागि डिजिटल नेपाल फ्रेमवर्कलाई परिमार्जन गर्ने तथा सूचना प्रविधि सम्बद्ध निकायको पुर्नसंरचना गर्ने निर्णयको फाइल सदर गरेको छु ।’

सञ्चार मन्त्रालयमा आएपछि अब कसरी काम गर्नुहुन्छ र के–के योजना छन् भन्ने सञ्चारकर्मीको प्रश्नमा उनले अहिले आफूले केही पनि नबोल्ने बताए । उनले भने, ‘आज केही पनि बोल्दैन । पद बहाली गरेको दिन ठूलो ठूलो गर्ने तर काम केही नगर्ने जस्तो म गर्दैन । नीतिगत र संस्थागत अध्ययन गरेर कुन काम यो मन्त्रालयका लागि आवश्यक हो कुन काम होइन, त्यो बुझेर मात्रै बोल्नेछु । पपुलर हुनका लागि बोल्ने होइन । समस्याको समाधान गर्न प्रतिबद्ध भएर लाग्ने गरी आएको छु ।’

प्रतिक्रिया दिनुहोस