काठमाडौँ । केपी ओली चौथो पटक प्रधानमन्त्री बनेपछिको पहिलो मन्त्रिपरिषद् बैठक सुरु भएको छ । सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा क्याबिनेट बैठक सुरु भएको हो ।
प्रधानमन्त्री शर्मा तथा दुई उपप्रधानमन्त्री एवम् मन्त्रीहरूसहित २२ जनाले सोमबार शपथ ग्रहण गरेपछि सबैले पदभार ग्रहण गरिसकेका छन् ।’