७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गृह मन्त्रीले भने-प्राकृतिक प्रकोपबाट भएको जनधनको क्षतिका बारेमा गम्भीर छौँ

अ+ अ-

काठमाडौँ । गृह मन्त्री रमेश लेखकले प्राकृतिक प्रकोपबाट भएको जनधनको क्षतिका बारेमा गम्भीर भएर काम गर्ने बताएका छन् । 

सोमबार संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै लेखकले सिमलतालमा पहिरोमा परी बेपत्ता बस र बसका यात्रुहरूको बारेमा केही विषयलाई छानबिन गर्न कार्यदल बनाउने निर्णय भएको पनि बताए । 

उनले कार्यदललाई १० दिनको समय दिइएको बताए । उनले घटना कसरी भयो, मृतक र बेपत्ता भएका व्यक्तिका परिवारलाई क्षतिपूर्ति दिने बारेमा पनि छलफल भएको बताए ।

उनले भने, ‘नयाँ सरकार बनेको छ, धेरै चुनौती पनि छन् र अवसरहरू पनि छन् । गम्भीरतापूर्वक हामी अघि बढ्नेछौँ । विधिको शासन कायम हुन्छ, सबै कुरा कानून बमोजिम हुन्छ । सिमलतालमा पहिरोमा परी बेपत्ता बस र बसका यात्रुहरूको बारेमा केही विषयलाई छानबिन बनाएका छौँ । १० दिनको समय दिएका छौँ-यो घटना कसरी भयो, मृतक र बेपत्ता भएका व्यक्तिका परिवारलाई क्षतिपूर्ति के कति कसरी उपलब्ध गराउने कुरामा । घटना पुनरावृत्ति नहुने गरी कस्तो व्यवस्था गर्ने भन्ने कुराको बारेमा कार्यदल बनाउने कुरा भएको छ । प्राकृतिक प्रकोपले भएको जनधनको क्षतिको बारेमा गम्भीर भएर काम गर्नुपरेको छ ।’

प्रतिक्रिया दिनुहोस