९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सरकारको प्रमुख प्राथमिकता राजनीतिक स्थिरता र सुशासन : गृह मन्त्री लेखक

अ+ अ-

काठमाडौँ । गृह मन्त्री रमेश लेखकले सरकारको प्रमुख प्राथमिकता राजनीतिक स्थिरता र सुशासन कायम गर्ने भएको बताएका छन् । अर्थतन्त्रलाई क्रियाशील र चलायमान बनाउने र अर्थतन्त्र उकास्ने सरकारको प्राथमिकता रहेको उनको भनाइ छ ।

गृह मन्त्रालयमा पदभार ग्रहणपछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । गृह मन्त्री लेखकले संविधानको समीक्षा र मूल्याङ्कन गर्ने काम पनि वर्तमान सरकारको भएको बताए । ‘मूल्याङ्कन के प्रयोजनका लागि गर्ने भन्दा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था र समावेशिता संविधानका मूल तत्त्वहरू छन् । त्यसलाई सुदृढ गर्नका लागि बलियो बनाउनका लागि त्यसलाई अगाडि लिएर जानका लागि संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको सुदृढीकरण लगायतका कामहरू नेपाल सरकारका प्राथमिकता हुन्,’ उनले भने, ‘त्यही उद्देश्यका साथ यो सरकार गठन भएको छ ।’

सम्बन्धित समाचार : नवनियुक्त गृह मन्त्री रमेश लेखकले गरे पदभार ग्रहण (तस्बिरहरु)

प्राकृतिक प्रकोपका कारण जनधनको क्षति भएको उल्लेख गर्दै गृह मन्त्री लेखकले यो विषम परिस्थितिलाई उचित ढङ्गले सम्बोधन गर्ने कुरा सबैभन्दा प्राथमिकता र मन्त्रालयले उच्चतम महत्त्व दिएर काम गर्नुपर्ने क्षेत्र भएको बताए । ‘धेरै स्थानमा धनजनको क्षति भएको छ । यसका लागि मन्त्रालयले केही निर्णय पनि गरेको छ,’ उनले भने ।

सम्बन्धित समाचार: पदभार ग्रहण गरेसँगै गृह मन्त्री लेखकले गरे दुई निर्णय
सम्बन्धित समाचार: सिमलताल दुर्घटनाबारे सहसचिव रिजालको नेतृत्वमा ५ सदस्यीय अध्ययन कार्यदल गठन
सम्बन्धित समाचार : गृहमन्त्रीले भने-प्राकृतिक प्रकोपबाट भएको जनधनको क्षतिका बारेमा गम्भीर छौँ

आफू विधिको शासन स्थापित गर्ने विषयमा केन्द्रित हुने उनको भनाइ छ । ‘रुल अफ ल, शान्ति सुरक्षा र अपराध नियन्त्रणको काममा दत्तचित्त भएर लाग्नुपर्ने छ,’ गृह मन्त्री लेखकले भने, ‘कर्मचारीहरूबाट सहयोगको अपेक्षा गरेको छु ।’ गृह आफ्नो लागि नयाँ मन्त्रालय भएको र आफूले इमानदारीपूर्वकता काम गर्ने प्रतिबद्धता उनले जनाए ।

सम्बन्धित समाचार : शालीन व्यक्तित्वका लेखकलाई गृह प्रशासनको नेतृत्व

कार्यक्रममा गृह सचिव एकनारायण अर्यालले नवनियुक्त मन्त्रीलाई स्वागतसहित शुभकामना व्यक्त गर्दै बाढी पहिरोबारे जानकारी गराए । बाढी पहिरो प्रभावितहरूका लागि अस्थायी आवासको प्रबन्ध मिलाउनुपर्ने अर्यालले बताए ।

‘मितव्ययी हिसाबले काम गर्नुपर्ने छ । केही चुनौतीहरू पनि छन् । गृह मन्त्रालयले अहिलेको विपद्को चुनौतीसँगै अन्य धेरै विषयहरूमा पनि काम गर्नुपर्ने छ,’ गृह सचिव अर्यालले भने, ‘यहाँको लिडरसिपमा गृहले पक्कै पनि नयाँ उचाइ लिने विश्वासका साथ हामी काम गर्न तयार छौँ । र, सबै कर्मचारीको तर्फबाट त्यो प्रतिबद्धता पनि व्यक्त गर्न चाहन्छु ।’ 

प्रतिक्रिया दिनुहोस