९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नगर बस सेवा सञ्चालन गर्दै धनगढी उपमहानगर

अ+ अ-

काठमाडौँ । धनगढी उपमहानगरपालिकाले ६ वटा बस खरिद गरेको छ । उपमहानगरपालिकाले धनगढी बजारदेखि फूलबारीसम्म नगर बस सेवा सञ्चालन गर्न दुई करोड ४८ लाखमा ६ वटा बस खरिद गरेको हो ।

बस सेवा सञ्चालनका लागि उपमहानगरपालिकाले मंगलबार ठेक्का समेत आह्वान गरेको छ । मंगलबार सूचना जारी गर्दै उपमहानगरपालिका कार्यालयले १० वर्षसम्मका लागि बस सेवा सञ्चालनका लागि ठेक्का लगाइने उल्लेख गरेको छ ।

जारी सूचनामा मूल्य अभिवृद्धि कर बाहेक २१ लाख ६० हजार रुपैयाँ ठेक्का न्यूनतम अंक राखिएको छ । जारी सूचनाअनुसार उपमहानगरपालिकाले १० वर्षका लागि बस सेवा सञ्चालनको ठेक्का लगाउनेछ ।

प्रत्येक वर्ष बोलपत्रदाताले कबोल गरेको ठेक्का रकम बराबरको रकम तीन किस्तामा उपमहानगरपालिकालाई तिर्नुपर्नेछ ।

पहिलो किस्ताको रकम सम्झौता गरेको दिन अग्रिम, बुझाउनुपर्ने, बाँकी दुई किस्ता मंसिर र चैतभित्र बुझाउनुपर्ने उपमहानगरपालिकाले जनाएको छ ।

बसको मर्मत सम्भार, इन्धन, चालक, सहचालक लगायतको खर्च ठेक्का लिने पक्षले तिर्नुपर्ने, तोकिएको स्थान वा रुटबाहेक सञ्चालन गर्न नपाइने जारी सूचनामा उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस