६ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सुदूरपश्चिममा नाउपा संसदीय दलको नेताबाट हटाइए घनश्याम चौधरी

अ+ अ-

काठमाडौँ । सुदूरपश्चिममा नागरिक उन्मुक्ति पार्टीका बहुमत प्रदेश सभा सदस्यले संसदीय दलको नेताबाट घनश्याम चौधरीलाई हटाएका छन् ।

७ जनामध्ये चार जना प्रदेश सभा सदस्यको बैठकले घनश्यामलाई दलको नेताबाट हटाउँदै प्रमुख सचेतक खुशीराम डगौरा थारुलाई जिम्मेवारी दिने निर्णय गरेको छ ।

शनिबार बसेको बैठकले उपनेतामा अध्यक्ष रञ्जिता श्रेष्ठ पक्षका कैलाश चौधरी र प्रमुख सचेतकमा टीका थापालाई चयन गरेको नागरिक उन्मुक्ति पार्टीले जनाएको छ । बैठकमा लक्ष्मणकिशोर चौधरी, खुशीराम डगौरा थारु, कैलाश चौधरी र टीका थापा सहभागी थिए ।

यसअघि नाउपाका संरक्षक रेशमलाल चौधरीलाई साथ दिइरहेका लक्ष्मणकिशोर खुशीराम डगौरा थारु घनश्यामलाई दलको नेताबाट हटाउन तयार भएपछि रञ्जिता पक्षको बहुमत पुगेको हो ।

संघमा बहुमत प्रतिनिधिसभा सदस्यले संसदीय दलको नेताबाट श्रेष्ठलाई हटाउँदै गंगाराम चौधरीलाई चयन गरेका थिए ।

केन्द्रमा दल नेता परिवर्तन भएको केही दिनपछि सुदूरपश्चिम प्रदेशमा रञ्जिता श्रेष्ठ पक्षका प्रदेश सभा सदस्यसहितले रेशम पक्षका घनश्याम चौधरीलाई दलको नेताबाट बहुमतले हटाएका हुन् ।

उक्त निर्णय प्रक्रियामा सहभागी प्रदेशसभा सदस्य लक्ष्मणकिशोर चौधरीले आफूहरूले स्वतन्त्र रूपमा दलको नेता फेरेको दाबी गरेका छन् ।

उपनेता बनेका प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्रीसमेत रहेका कैलाश चौधरीले नेतृत्वले सांसदहरूमाथि प्रतिशोधको राजनीति गर्न थालेपछि बाध्य भएर नयाँ कदम चालिएको बताए ।

प्रतिक्रिया दिनुहोस