काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अग्रसरतामा समाजवादी मोर्चाको बैठक बसेको छ ।
‘प्रचण्ड’ प्रधानमन्त्री भएकै बेला उपेन्द्र यादव नेतृत्वको जसपा विभाजन भएपछि मोर्चा निष्क्रिय भएको थियो । यादवले ‘प्रचण्ड’माथि आफ्नो पार्टी विभाजन गराएको आरोप लगाएका थिए ।
मोर्चा बैठकमा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नेकपा ‘विप्लव’ र महेन्द्र यादव नेतृत्वको नेसपाका नेताहरू सहभागी छन् । यसअघि मोर्चाको दोस्रो ठूलो घटक रहेको जसपाका अध्यक्ष उपेन्द्र यादव भने बैठकमा गएका छैनन् ।
बैठक नेकपा एसको केन्द्रीय कार्यालयमा बसिरहेको छ ।