काठमाडौँ । उत्कृष्ट कार्य गर्ने नौ जना प्रहरीलाई विशेष बढुवा गरिएको छ ।
आर्थिक वर्ष २०८०/८१ भित्र गरेका कामको आधारमा प्रहरी महानिरीक्षक(आइजिपी) वसन्त बहादुर कुँवरले नौ जना प्रहरीलाई विशेष बढुवा गरेका हुन् ।
बढुवा हुनेमा जवानदेखि सईसम्मका रहेको प्रहरी प्रशासन स्रोतले जानकारी दिएको छ । उनीहरूको नाम गोप्य राखिएको छ ।