काठमाडौँ। पूर्वपश्चिम रेलमार्गको नक्सांकनका लागि पुगेका प्राविधिकको टोली चढेको कारलाई स्थानीयले तोडफोड तथा आगजनी गरेका छन् ।
भरतपुर महानगरपालिका-७ कृष्णपुरको प्लटिङमा नक्सांकनका लागि गएका प्राविधिक चढेको कार स्थानीयले बिहानैदेखि कब्जामा लिएका थिए । सर्भेका लागि सरकारी अनुमति लिएर आएको भन्दै कन्सल्टेन्सीका प्राविधिकले बताए पनि स्थानीयले मानेका थिएनन् ।
आज वडा नम्बर ७ मा सर्भे गर्दा गर्दै उनीहरूलाई स्थानीयबासीले घेरेका हुन् ।
कारमा रहेका दुईजना प्राविधिकलाई प्रहरीले सुरक्षित स्थानमा लगेको चितवन प्रहरीले जनाएको छ । स्थानीयले लगाएको आगो प्रहरीले निभाएको थियो ।