काठमाडौँ । बंगलादेशलाई ४० मेगावाट बिजुली बेच्न नेपालले आगामी साउन १३ मा त्रिपक्षीय सम्झौता गर्ने भएको छ ।
नेपाल विद्युत् प्राधिकरण, बंगलादेशको बंगलादेश पावर डेभलपमेन्ट बोर्ड (बीपीडीबी) र भारतको एनटीपीसी विद्युत् व्यापार निगम (एनभीभीएन) बीच सम्झौता हुने मिति तय भएको हो ।
ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयका अनुसार आगामी साउन १३ अर्थात् जुलाई २८ मा त्रिपक्षीय सम्झौता हुने तय भएको हो ।
नेपालका ऊर्जा मन्त्री दीपक खड्का, भारतका विद्युत् मन्त्री मनोहर लाल र बंगलादेशका ऊर्जा तथा खनिज संसाधन राज्य मन्त्री नसरुल हमिदको उपस्थितिमा त्रिपक्षीय सम्झौता हुने मिति टुंगो लगाई निमन्त्रणासमेत पठाइसकेको मन्त्रालयले जनाएको छ ।