काठमाडौँ । मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टीबाट अलग भएको समूहले वैज्ञानिक समाजवादी पार्टी गठन गर्ने बताएको छ ।
धर्मेन्द्र बास्तोलाको नेतृत्वमा सो पार्टीबाट अलग भएको समूहले एकता प्रक्रिया असफल भएकाले नयाँ पार्टी गठन गर्ने बताएको हो ।
संयोजक मोहन वैद्य किरणसँग वैचारिक, सैद्धान्तिक र साङ्गठनिक मतभेद भएपछि मंगलबार पार्टीबाट अलग भएको घोषणा गरेका थिए ।
उनले अब पार्टीमा नफर्किने भन्दै नयाँ वैज्ञानिक समाजवादी पार्टी निर्माणमा लाग्ने स्पष्ट पारे । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीमा जान लागिएको चर्चा हल्ला मात्र भएको उनले बताए ।
संयोजक किरणले निर्णय पत्र फिर्ता लिन आग्रह गरेका थिए । तर उनको आग्रह सकारात्मक भएपनि महाधिवेशनमा आफू सहभागी नहुने बताए । पार्टीबाट अलग भएपछि आफ्नै निवास खुमलटारमा उनले पार्टीका शीर्ष नेताहरूसँग छलफल गरिरहेका छन् ।