९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कोशीका मुख्यमन्त्रीले चाहेसम्म सहकार्य गर्न ‘प्रचण्ड’को सुझाव

अ+ अ-

काठमाडौँ । निवर्तमान प्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माओवादी कोशी प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोबीच भेटवार्ता भएको छ ।

काठमाडौँस्थित खुमलटारमा रहेको ‘प्रचण्ड’ निवासमा आज बिहान भएको भेटमा पछिल्लो राजनीतिक घटनाक्रमको विषयमा छलफल भएको नेता आङ्बोले जानकारी दिए ।

सो क्रममा आफूले कोशी प्रदेशको राजनीतिक परिस्थितिबारे रिपोर्टिङ गरेको र अध्यक्ष ‘प्रचण्ड’ले राष्ट्रिय राजनीतिबारे आफूलाई प्रस्ट पारेको आङ्बोले जानकारी दिए ।

‘मैले समग्र प्रदेशको रिपोर्टिङ गरेँ,’ उनले भने, ‘अध्यक्षज्यूले सरकार ढल्ने कारण बताए ।’ भेटमा ‘प्रचण्ड’ले दलाल पुँजीपति र बिचौलियाले सरकार बदलेको र उनीहरू निक्कै शक्तिशाली रहेको बताएका थिए । ‘यस्तै सुशासन आतंक पनि सरकार फेरबदलको अर्को कारण हो । बेचन झा पक्राउ पछिल्लो निर्णायक कारण बन्यो । धितोपत्र बोर्डको अध्यक्ष चयन प्रकरणले बिचौलियाहरू एक ठाउँमा आए,’ प्रचण्डको भनाइ उद्धृत गर्दै आङ्बोले भने ।

भेटको अवसरमा कोशी सरकारबारे मुख्यमन्त्रीले चाहेसम्म सहकार्यलाई निरन्तरता दिने निष्कर्ष निकालिएको आङ्बोले बताए ।

प्रतिक्रिया दिनुहोस