काठमाडौँ । प्रतिनिधि सभाको बैठकमा साउन ७ गते प्रधानमन्त्री केपी ओली र सांसदहरूबीच प्रश्नोत्तर हुने भएको छ ।
आज सभामुख देवराज घिमिरेले मुख्य र प्रमुख सचेतकहरूसँग छलफलमा यसबारे छलफल भएको माओवादीका प्रमुख सचेतक हितराज पाण्डेले बताए ।
प्रधानमन्त्री ६ गते विश्वास मत लिने र ७ गते प्रश्नोत्तर गर्ने कार्यक्रम तय भएको छ । ओली प्रधानमन्त्री भएपछि पहिलो पटक सांसदसँग प्रश्नोत्तर हुन लागेको हो । प्रतिनिधि सभा नियमावलीमा हरेक महिना सांसद र प्रधानमन्त्रीबीच प्रश्नोत्तरको प्रावधान राखिएको छ ।
आजको बैठकमा प्रतिनिधि सभाको हरेक १५ दिनको कार्यतालिका बनाउने विषयमा पनि छलफल भएको पाण्डेले बताए ।