९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कर्णालीका मुख्यमन्त्रीको दुईवटा घर, ३३ लाख बचत, ४५ लाख ऋण

अ+ अ-

काठमाडौँ । कर्णाली प्रदेशका मुख्यमन्त्री र मन्त्रीहरूले बिहीबार सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । मुख्यमन्त्री यामलाल कँडेल र मन्त्रीहरूको सम्पत्ति विवरण सरकार गठन भएको तीन महिनापछि मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले वेबसाइटमार्फत सार्वजनिक गरेको हो ।

मुख्यमन्त्री कँडेलले सुर्खेतको वीरेन्द्रनगर नगरपालिका-४ भैरवस्थान र काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका-६ मा गरी दुईवटा घर रहेको खुलाएका छन् । सुर्खेतको घरलाई उनले पुर्खौली भनेका छन् भने काठमाडौँको घर विगतको बैंक मौज्दात, आफ्नो, श्रीमती र छोरीहरूको पारिश्रमिकबाट किनेको उल्लेख गरेका छन् । काठमाडौँको घर कँडेलकी पत्नी गीता अधिकारीको नाममा छ ।

कँडेलको काठमाडौँको मूलपानीमा एउटा र सुर्खेतको वीरेन्द्रनगरमा ४ वटा घडेरी छ । सुर्खेतको घडेरीहरू पुर्ख्यौली भएको र काठमाडौँको ८ आना जग्गा पछि किनेको उनले सम्पत्ति विवरणमा उल्लेख गरेका छन् । कँडेलले आफूसँग भएको सुन पुर्ख्यौली र पछि खरिद गरेको सम्पत्ति विवरणमा जनाएका छन् ।

मुख्यमन्त्री कँडेल र उनकी श्रीमतीका नाममा विभिन्न ११ वटा बैंक तथा सहकारीमा गरी ३३ लाख १२ हजार ४८५ रुपैयाँ मौज्दात छ । उक्त रकमको स्रोत पारिश्रमिक, घर भाडा, बोनस र सापटी फिर्ताबाट उठेको उल्लेख गरेका छन् ।

मुख्यमन्त्री कँडेलले र पत्नी गीताको नाममा ललितपुर र सुर्खेतका सहकारी, कलेज र विभिन्न वित्तीय संस्थाहरू सहित ८ ठाउँमा शेयर भएको सम्पत्ति विवरणमा देखाएका छन् ।

कँडेलले श्रीमतीको पेसाबारे पनि खुलाएका छैनन् । उनले राष्ट्रिय वाणिज्य बैंकबाट ४५ लाख ऋण लिएको विवरणमा उल्लेख गरेका छन् । मुख्यमन्त्री कँडेलसँग २ वटा मोबाइल, एउटा ट्याब्लेट, दुईवटा घडी र एउटा ल्यापटप रहेको उल्लेख गरेका छन् ।

प्रतिक्रिया दिनुहोस