काठमाडौँ । केहिबेरमा मन्त्रिपरिषद् बैठक बस्दै छ । प्रधानमन्त्री केपी शर्मा ओलीले अपराह्न ४ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा बैठक बोलाएका हुन्।
आज मन्त्रिपरिषद्को नियमित बैठक हो । प्रधानमन्त्रीमा नियुक्त भएपछि ओलीले आज दोस्रो बैठक बोलाएका छन् ।
प्रशासनलाई विशेष स्रोतले दिएको जानकारी अनुसार आजको बैठकमा समसामयिक विषयमा छलफल र केही महत्त्वपूर्ण निर्णय गर्न सक्ने जनाइएको छ ।