८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जेलबाट निकाल्ने भन्दै साढे २ करोड ठगीका आरोपीसँग १५ लाख धरौटी माग

ललिता निवास प्रकरण
अ+ अ-

काठमाडौँ । जेलबाट निकाल्ने भन्दै दुई कैदीबाट साढे २ करोड रुपैयाँभन्दा बढी लिएर ठगी गरेको आरोप लागेका अर्का व्यक्तिसँग पनि जिल्ला अदालत काठमाडौँले धरौटी माग गरेको छ ।

न्यायाधीश दुर्गाप्रसाद खनालको बिहीबारको इजलासले मीनबहादुर बस्नेतविरुद्ध १५ लाख रुपैयाँ धरौटी माग गरेको हो । यसअघि बस्नेतविरुद्ध फरार प्रतिवादीका रूपमा मुद्दा दर्ता भएको थियो । मुद्दा अदालत पुगेपछि बस्नेत अदालतमा हाजिर भएका थिए ।

यो घटनामा यसअघि रामेछापको दोरम्बा गाउँपालिका-५ का ५० वर्षीय दीपक चौलागाईं र उनकी श्रीमती रिताकुमारी चौलागाईंलाई प्रहरी वृत्त नयाँबानेश्वरले पक्राउ गरेर अनुसन्धान गरेको थियो ।

२३ असारमा न्यायाधीश विष्णुप्रसाद आचार्यको इजलासले दीपकलाई ३२ लाख र उनकी श्रीमती रिताकुमारी चौलागाईंलाई २ लाख धरौटी माग गरेको थियो ।

रिता भने २ लाख धरौटी बुझाएर रिहा भएकी थिइन् भने दीपक धरौटी नतिरेपछि कारागार चलान भएका थिए ।

३३ करोड बिगो बुझाउन नसकी जेलमा रहेका केदाप्रसाद गौतमलाई जेलबाट निकालिदिन्छु भन्दै दीपक, उनकी श्रीमती रिता र मीनबहादुर तीन जनाको समूहले २ करोड १५ लाख रुपैयाँ लिएर ठगी गरेको भन्दै मुद्दा दायर भएको थियो ।

प्रतिक्रिया दिनुहोस