काठमाडौँ । रास्वपाका सभापति रवि लामिछाने आफूहरू घण्टी बजाउँदै आएपछि दुई ठूला पार्टीले टु पार्टी सिस्टममा देशलाई लैजान काँग्रेस एमाले मिलेर सरकार बनेको दाबी गरेका छन्।
रास्वपाको नीति मन्थन अन्तरक्रियालाई सम्बोधन गर्दै काँग्रेस एमालेले पहिले भागबन्डा लुकेर गर्ने गरे पनि अब खुल्लमखुल्ला गर्ने टिप्पणी गरे।
सरकारमा गएपछि उनले देश कसले चलाउने रहेछ भन्ने थाहा पाएको जिकिर गरे। पुराना राजनीतिक दलहरूसँग सँगै उभिँदाखेरि गल्ती केही नगरेको तर गाली धेरै खाएको बताए ।
‘पुराना राजनीतिक दलहरूसँग सँगै उभिँदाखेरि गल्ती केही नगरे पनि गाली खानेबाहेक अरू केही भएको रहेनछ। सिंहदरबार कसरी चलाउने भन्ने जान्नको लागि जानु नै थियो। जति गाली खाए पनि सरकारमा जानु नै थियो।