काठमाडौँ । करिब साढे ४ किलो सुन जस्तो देखिने लेपन गरिएको कपडा सहित दुई भारतीय नागरिक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन् ।
बिहीबार दिउसो सवा १ बजेको समयमा एफ जेड ५७३ नम्बरको फ्लाई दुबईको उडानमार्फत दुबईबाट काठमाडौँ आएका दुई भारतीय नागरिकलाई नेपाल प्रहरीको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले नियन्त्रणमा लिएको हो ।
वर्ष ६२ विनयकुमार गोविन्दाभाई सागर र ५८ वर्षका जितेन्द्रकुरमा बालुभाई ढाकनलाई त्रिभुवन अन्ताराष्ट्रिय विमानस्थल भन्सार चेकिङ क्षेत्रपछि अन्तर्राष्ट्रिय आगमन टर्मिनल प्रवेशद्वारबाट पक्राउ गरिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ ।
उनीहरूको झोला चेक गर्दा भन्सार छली लुकाएर ल्याएको सुन जस्तो देखिने पहेँलो रंगको लेपन गरिएको कपडा सहित करिब साढे ४ किलोको सामान नियन्त्रणमा लिइएको छ ।
नियन्त्रणमा लिइएको सामान र उनीहरूलाई नियन्त्रणमा लिएर सोधपुछपछि अनुसन्धान र आवश्यक कारबाहीका लागी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय सिनामंगलमा बुझाइए छ।