काठमाडौँ । संसद्को उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले चुरोटमा प्रयोग हुने पदार्थहरूको उत्पादन, आयात र प्रयोगमा रोक लगाउन सरकारलाई निर्देशन दिएको छ।
बिहीबार बसेको प्रतिनिधि सभाअन्तर्गतको संसदीय समितिले चुरोटमा प्रयोग हुने पदार्थहरूको उत्पादन, आयात र प्रयोगमा रोक लगाउन सरकारलाई निर्देशन दिएको हो।
सभापति अब्दुल खानले चुरोटमा प्रयोग हुने फ्लेभर, क्याप्सुल तथा ट्याप्लेटजस्ता नशालु पदार्थहरूले मानव स्वास्थ्यमा गम्भीर असर पारेको बताए।
यस्तै, बैठकले विभिन्न रोगबाट पीडित भएकाले नसालु पदार्थको उत्पादन, आयात तथा प्रयोगमा रोक लगाउन उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई निर्देशन दिएको छ। नेपालमा सुर्तीजन्य पदार्थको प्रयोगबाट जनस्वास्थ्यमा पर्ने नकारात्मक प्रभावलाई न्यूनीकरण गर्न स्वास्थ्य मन्त्रालयलाई सुझाव दिने निर्णय पनि बैठकले गरेको छ।
यस्तै, बैठकले नेपालमा सुर्ती गुड्का र सोसम्बन्धी कच्चा पदार्थहरूको आयात तथा निर्यातको विवरण समितिलाई उपलब्ध गराउन सरकारलाई निर्देशन दिएको छ।