काठमाडौँ । आज शुक्रबार ल्याउने तयारी भएको मौद्रिक नीति रोकिएको छ । सञ्चालक समितिमा मौद्रिक नीतिबारे छलफल गर्ने समय कम भएकाले तत्काललाई रोकिएको स्रोतले जनाएको छ ।
यसअघि आज बिहान राष्ट्र बैंक सञ्चालक समिति बसेर नीति पारित गर्ने तयारी थियो ।
यसबारे सञ्चालक समितिमा छलफल गर्न थप केही समय चाहिने भन्दै शुक्रबार सार्वजनिक हुने सम्भावना टरेको बताइएको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीको आर्थिक सल्लाहकारमा डा. युवराज खतिवडा आइसकेपछि उनले मौद्रिक नीतिबारे परामर्श गर्न खोजेकोले रोकिएको पनि जनाइएको छ ।