६ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

न्यूरोडमा वडाध्यक्षको नेतृत्वमा प्रदर्शन जारी, नगर प्रहरीसँग धकेलाधकेल

अ+ अ-

काठमाडौँ । न्यूरोड क्षेत्रको फुटपाथ विस्तारको विरोधमा उत्रिएका स्थानीय र महानगर प्रहरीबीच धकेलाधकेल भएको छ । जुद्ध वारुण यन्त्र रहेको कार्यालयमा महानगर प्रतिनिधिहरू रहेको भन्दै त्यहाँ छिर्न खोजेको भीडलाई महानगर प्रहरीले रोक्ने क्रममा दुवै पक्षबीच धकेलाधकेल भएको हो ।

उच्च अदालत पाटनले फुटपाथ विस्तार नरोक्न सडक विभागका नाममा अन्तरिम आदेश दिएपछि महानगरले बुधबारदेखि पुनः फुटपाथ विस्तारको काम सुरु गरेको थियो ।

बिहीबार बिहानैदेखि स्थानीयको भीड न्यूरोड क्षेत्रमा ओर्लिएको थियो । उनीहरूले मेयर बालेन साह र नगर प्रहरीविरुद्ध नाराबाजी गर्दै प्रदर्शन जारी राखेका छन् । सडक साँघुरो बनाएर फुटपाथ फराकिलो बनाउन नहुने माग उनीहरूले राखेका छन् । महानगरपालिकाको २२ नम्बर वडाध्यक्ष चिनकाजी श्रेष्ठले आन्दोलनको नेतृत्व गरिरहेका छन् ।

विरोध प्रदर्शनको क्रममा अप्रिय घटना हुन सक्ने भन्दै ठूलो सङ्ख्यामा प्रहरी परिचालन गरिएको छ । नगर प्रहरी पनि उल्लेख्य सङ्ख्यामा खटिएका छन् ।

यसअघि काठमाडौँ महानगरपालिकाले न्यूरोडमा फुटपाथ विस्तारका लागि सडकको कालोपत्रेसमेत भत्काइसकेको अवस्थामा सडक डिभिजन कार्यालयले हस्तक्षेप गरेर सामान जफत गरिदिएको थियो ।

सडक डिभिजन कार्यालयले हस्तक्षेप गरेको भन्दै महानगरपालिकाले उच्च अदालत पाटनमा रिट दायर गरेको थियो । सो रिटमा सुनुवाइ गर्दै उच्च अदालतले शहरी सडक स्थानीय तह मातहतमा रहने भन्दै न्यूरोडमा फुटपाथ विस्तारको काम नरोक्न अन्तरिम आदेश दिएको थियो ।

उच्च अदालत पाटनका न्यायाधीश ध्रुवराज नन्द र प्रकाश खरेलको संयुक्त इजलासले न्यूरोडमा फुटपाथ विस्तार रोक्ने गरी डिभिजन सडक कार्यालयले काठमाडौँ महानगरपालिकालाई लेखेको पत्र कार्यान्वयन नगर्न भनेपछि महानगरपालिकाले बुधबारदेखि पुनः काम सुरु गरेको थियो ।

प्रतिक्रिया दिनुहोस