८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्राविधिक शिक्षाको महत्त्व दिनानुदिन बढ्दै छ : शिक्षालय प्रमुख शर्मा

अ+ अ-

डोटी । सेती प्राविधिक शिक्षालय दिपायलकी प्रमुख सुशीला शर्माले समयको परिवर्तन सँगै प्राविधिक शिक्षाको महत्त्व दिनानुदिन बढ्दै गइरहेको बताएकी छन् ।  

पछिल्लो समयमा देशमा बेरोजगारीको समस्या बढ्दै गइरहेको परिपेक्षमा समयानुकूल प्राविधिक सिपको महत्त्व पनि बढ्दै गइरहेको बताएकी हुन् । 

आम नागरिकमा जुनसुकै क्षेत्रमा भए पनि प्राविधिक ज्ञान हुन आवश्यक रहेको बताउँदै घरमा धाराको सामान्य टुटी, र बिद्युतको लाइन बिग्रेको अवस्थामा पनि प्राविधिक सिप भएको व्यक्तिको आवश्यकता पर्ने भएकोले प्राविधिक सिपको महत्वमा कमी नहुने बताइन् । 

देशमा बेरोजगारीको अवस्था सृजना भएसङ हाल अधिकांश युवाहरू विदेशी रहेको अवस्थामा केही प्राविधिक सिप सिकेर गएको भए प्रत्यक्ष रूपमा स्वयं व्यक्ति र देशलाई फाइदा पुग्ने समेत बताइन् ।

नेपाल सरकारकाले प्राविधिक शिक्षाको क्षेत्र बृहत् रूपमा समावेश गरी परिमार्जित गरी समयानुकूल अगाडी बढ्नुपर्ने आवश्यकता रहेको समेत शिक्षालय प्रमुख शर्माले बताइन् ।  

पछिल्लो समयमा प्राविधिक शिक्षालय स्थापनाको होडबाजीले प्राविधिक शिक्षाको गुणस्तरमा कमी हुने गरेको समेत बताइन् । उनले भनिन हाल देशभर ६९ वटा आङ्गिक शिक्षालय मात्र रहेको भएपछि पछिल्लो समयमा सयौँको सङ्ख्यामा सामुदायिक शिक्षालयको स्थापना भएकोले गुणस्तरमा कमी हुने गरेको समेत बताइन् । देशका विभिन्न भागमा स्थापना भएका सबै शिक्षालयहरू मापदण्डमा रहेर सञ्चालन हुन आवश्यक रहेको बताइन् । 

नेपाल सरकारले युवाहरूलाई स्वरोजगार मुखी बनाउन भौगोलिक स्थिति, ठाउँ परिवेश र आवश्यकताको आधारमा प्राविधिक शिक्षालयहरू सञ्चालन गर्न आवश्यक रहेको बताउँदै शिक्षालय प्रमुख शर्माले प्राविधिक शिक्षा भनेको गरिखाने शिक्षा भएकोले प्राविधिक शिक्षा आर्जन गरेका व्यक्तिहरू स्वरोजगार तथा दक्ष हुन आवश्यक रहको समेत बताइन् । 

२०४६ सालमा स्थापना भएको सेती प्राविधिक शिक्षालय दिपायल बाट हाल सम्म ३ हजार ६ सय ९ जना प्राविधिक जनशक्ति उत्पादन भइसकेको बताइन् । 

२०४७ सालमा जेटीए बाट कक्षा सञ्चालन गरेको सेती प्राविधिक शिक्षालय दिपायलले २०५१ सालमा जेटीए प्लान्ट साइन्स, भेटेरिनरी साइन्स, २०५२ सालमा सिभिल सभ ओभरसियर, २०५७ सालमा डिप्लोमा सिभिल ओभरसियर, २०६८ सालमा कृर्षि बाली विज्ञान डिप्लोमा, २०७३ सालमा कृर्षि पशु विज्ञान डिप्लोमा, २०७७ सालमा डिप्लोमा इन फार्मेसी सञ्चालनमा रहेको शिक्षालयले जनाएको छ । हाल शिक्षालयमा साढे पाँच सय बिद्यार्थिहरु अध्ययनरत रहनुका साथै विभिन्न तहमा नयाँ भर्नाको आह्वान गरेको समेत शिक्षालयले जनाएको छ । 

शिक्षालयबाट प्राविधिक शिक्षा हासिल गएर गएकाहरू करिब ७५ प्रतिशत व्यक्तिहरू सरकारी सेवामा प्रवेश गर्नुका साथै केही व्यक्तिहरूले आफै व्यवसाय सञ्चालन गरेको सबै स्वरोजगार बनेका समेत बताइएको छ । 

प्रतिक्रिया दिनुहोस